site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
चार दिन भारीदेखि धेरै भारी वर्षाको सम्भावना, ५६ जिल्लामा 'रेड अलर्ट'

काठमाडौं । मनसुन थप सक्रिय भएपछि मौसम पूर्वानुमान महाशाखाले ५६ जिल्लामा 'रेड अलर्ट' जारी गरेको छ ।

महाशाखाका अनुसार, बिहीबार (असोज १० गते) दिउँसोदेखि आइतबार (असोज १३ गते)सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रहने छ । देशका अधिकांश स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । तराई भू–भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

Barsha-1727269674.jpg
साथै, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा कोसी प्रदेश, वाग्मती प्रदेश, मधेस प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षाको पनि सम्भावना छ ।

कुन दिनको मौसम कस्तो ?

बिहीबार (असोज १० गते) दिउँसोदेखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश, वाग्मती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थान तथा मधेस प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । तराई भू–भागका केही स्थानहरूमा हावाहुरीको समेत सम्भावना छ ।

शुक्रबार (असोज ११ गते)देखि देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी प्रदेश, वाग्मती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, सुदूरपश्चिम प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका थोरै मेघ गर्जन/चट्याङसहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित अति भारी वर्षाको समेत सम्भावना छ । 

शनिबार (असोज १२ गते) देशभर साधारणतयादेखि पूर्णतया बदली रही देशका अधिकांश स्थानहरू हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती प्रदेशका, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका  केही  स्थान र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ‍सहित भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

Mausam-1727271573.jpg
साथै, देशका लुम्बिनी प्रदेश, गण्डकी प्रदेश तथा कर्णाली प्रदेशका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ ।

आइतबार (असोज १३ गते) देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

विभागले यस प्रणालीको प्रभावले विशेष गरी वर्षाको कारण भूक्षय, बाढी, पहिरो तथा गेग्रान बहाबको जोखिम रहेको र मनसुनमा रातिको समयमा पानी पर्ने सम्भावना बढी हुने गरेकाले सतर्क रहन आग्रह गरेको छ ।

Bafdasf-1727270028.png
 

 

प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १८:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro