site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गरिएको रिटै फिर्ता 

काठमाडौं । नेपाल प्रहरीमा ३० वर्षे सेवा हद हटाउन माग गर्दै दायर गरिएको रिट फिर्ता भएको छ । नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठसहित २१ प्रहरी अधिकृतले दायर गरेको रिट रिटकर्तामध्येका डीएसपी गोविन्द पन्थीको निवेदनमा बुधबार फिर्ता भएको हो । 

उक्त रिटमा भदौ ६ गते अन्तरिम आदेश जारी गर्दै न्यायाधीश हरिप्रसाद फुयालको इजलासले ३० वर्षे सेवाहदका आधारमा कार्यान्वयन हुन लागेका अवकाश रोक्न र अर्को आदेश नभएसम्म अन्यलाई पनि अवकाशमा नपठाउन आदेश गरेको थियो । 

Dabur Nepal
NIC Asia

उक्त अन्तरिम आदेशविरुद्ध नेपाल सरकारका तर्फबाट गृह मन्त्रालयले भ्याकेट गरेको थियो । सरकारको भ्याकेट स्वीकार गर्दै भदौ १४ मा न्यायाधीशद्वय विनोद शर्मा र शारंगा सुवेदीको संयुक्त इजलासले अन्तरिम आदेश खारेज गरिदिएको थियो ।

अन्तरिम आदेशपछि तोकिएकै अवधिमा रिट निवेदक २१ प्रहरी अधिकारी अवकाशमा गएपछि रिटको औचित्य सकिएको भन्दै फिर्ताका लागि निवेदन दिएका हुन् । बुधबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र तिलप्रसाद श्रेष्ठको इजलासले उक्त निवेदन फिर्ता हुने आदेश गरेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ९, २०८१  १९:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro