site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विद्युतीय गाडीका लागि छुट्टै भाडा तोक्दै वाग्मती सरकार, पेट्रोलियमभन्दा सस्तो होला ?
साझा यातायातको विद्युतीय गाडी । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । वाग्मती प्रदेश सरकारले पेट्रोल/डिजेल र विद्युतीय सवारी साधन (ईभी) दुवैका लागि छुट्टाछुट्टै भाडादर ल्याउने भएको छ ।

पछिल्लो समय सार्वजनिक विद्युतीय सवारी साधनको सञ्चालन बढे पनि भाडादर पेट्रोलियम इन्धनकै समान छ । पेट्रोलियम पदार्थमा लाग्ने शुल्कभन्दा विद्युतीय सवारीमा चार्ज गर्दा लाग्ने शुल्क कम हुने भएकाले त्यसैअनुसार भाडादर कायम गरिनुपर्ने माग हुँदै आएको छ ।

यसैअनुसार संघीय सरकारसँगको सहकार्यमा वाग्मतीको श्रम, रोजगार तथा यातायात मन्त्रालयले छुट्टाछुट्टै भाडादर ल्याउने तयारी गरेको हो । मन्त्रालयका सूचना अधिकारी खगेन्द्र पौडेलले करिब दुई साताभित्र पेट्रोलियम र  विद्युतीय सार्वजनिक सवारी साधनको छुट्टाछुट्टै भाडादर निर्धारण हुने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“संघ सरकारबाट शुक्रबारमात्रै यस विषयमा आवश्यक सुझाव प्राप्त भएको छ । हामीले अध्ययन गरिरहेका छौँ । यताको सम्बन्धित समितिले गृहकार्य गरेर एक/दुईसाताभित्रै नयाँ भाडादर निर्धारण हुन्छ,” मन्त्रालयका सूचना अधिकारी पौडेलले भने ।

वाग्मती प्रदेशभित्र सार्वजनिक यातायातमा विद्युतीय बस, माइक्रो र हाइसको प्रयोग बढेसँगै छुट्टाछु्ट्टै भाडादर हुनुपर्ने माग उठेको उनले बताए ।

Global Ime bank

तर, विद्युतीय सवारी साधन खरिद गर्दाको लागत र पेट्रोलियम गाडीको इन्धनमा लाग्ने लागत समान ‘इन्डिकेटर’का रूपमा देखिएकाले भाडादरमा धेरै फरक भने नदेखिने उनको भनाइ छ ।

हजारको संख्यामा सार्वजनिक विद्युतीय सवारी साधन सञ्चालनमा रहे पनि भाडादर पेट्रोलियमको जस्तै राखेर उपभोक्ता मारमा परेको गुनासो हुँदै आएको हो ।

“सार्वजनिक विद्युतीय सवारीको भाडा पेट्रोलियमसरह भयो भन्ने कुरा उठेरै फरकफरक भाडादर ल्याउने तयारी भएको हो । तर, विभिन्न इन्डिकेटर हेरेर भाडा तय हुने हुँदा धेरै भिन्नता होलाजस्तो छैन,” मन्त्रालयका सूचना अधिकारी पौडेलले भने ।

पेट्रोलियम सवारीको भन्दा तुलनात्मक रूपमा विद्युतीय गाडीको भाडादर कम हुने उनको भनाइ छ ।

यस्तै, प्रदेश सरकारले विद्युतीय र पेट्रोल/डिजेलका ट्याक्सीको नयाँ भाडादर पनि ल्याउने भएको छ ।

वाग्मती प्रदेशले गत वैशाखदेखि लागु हुने गरी ‘सार्वजनिक यात्रुबाहक ट्याक्सी सेवाको गुणस्तर, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७८’ ल्याएको थियो । मापदण्डअनुसार नयाँ ट्याक्सी र २० वर्ष नाघेका सट्टा गर्नुपर्ने ट्याक्सी विद्युतीय मात्रै हुनुपर्छ ।

यस्ता ट्याक्सी साधरण र विशेष (डिलक्स) गरी दुई किसिमका हुने व्यवस्था छ । यी दुवै किसिमका विद्युतीय र पेट्रोलियम ट्याक्सीका लागि पनि नयाँ भाडादर ल्याउने प्रदेश मन्त्रालयले जनाएको छ ।

नयाँ ट्याक्सी विद्युतीय मात्रै हुनुपर्ने मापदण्डलाई लिएर व्यवसायीले विरोध गर्दै आएका छन् । निश्चित कम्पनीलाई मात्रै फाइदा हुने गरी यस्तो मापदण्ड ल्याइएको व्यवसायीको आरोप छ ।

व्यवसायीले केही दिन अघिमात्रै किन्न सहज हुने मूल्यका ट्याक्सी खरिद गर्न पाउनुपर्ने माग राख्दै चरणबद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  २१:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC