site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्याक्सीका निम्ति महँगा ईभी मात्र किन्न पाउने नीतिविरुद्ध व्यवसायी आन्दोलित
Tiktok banner adTiktok banner ad

काठमाडौं । ट्याक्सी व्यवसायी तथा स्वरोजगार मजदुरले सबै कम्पनी र किसिमका सवारीसाधन किन्न पाउनुपर्ने माग गरेका छन् । आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा ट्याक्सी यातायात व्यवसायी तथा स्वरोजगार मजदुर संयुक्त संघर्ष समितिले यस्तो माग गरेको हो ।

ट्याक्सी खरिद एवं सट्टाभर्ना गर्दा राज्यले एकाधिकार (सिन्डिकेट) प्रणालीबाट महँगो सवारी मात्र खरिद गर्न बाध्य बनाएको उनीहरूको आरोप छ ।

गएको वैशाखदेखि लागु हुने गरी वाग्मती प्रदेश सरकारले नयाँ ट्याक्सी अनिवार्य रूपमा विद्युतीय (ईभी) हुनुपर्ने व्यवस्था गरेको थियो । प्रदेश सरकारले त्यस्ता ट्याक्सीमा डिजिटल बोर्ड हुनुपर्नेलगायत विशेष मापदण्ड तोकेको थियो ।

एकोहोरो रूपमा महँगो सवारी मात्र खरिद गर्नुपर्ने बाध्यकारी अवस्था सिजना गरिएको व्यवसायीको गुनासो छ । सरकारको नीतिले महँगा ट्याक्सी खरिद गर्न नसक्ने र पुरानो ऋणको भारले बाध्य भएर खाडी मुलकमा पलायन हुने अवस्था आएको व्यवसायीको भनाइ छ ।

अन्तिम विकल्पका रूपमा आफूहरू चरणबद्ध संघर्षमा उत्रिएको व्यवसायीले बताएका छन् । संघर्ष समितिका संयोजक पपिन्द्र बाराकोटी मगरद्वारा जारी विज्ञप्तिमा ६ बुँदे माग उल्लेख छ ।

ट्याक्सी व्यवसायीका माग पढ्नोस्–

b1-1708259519.jpg
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १८:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro