site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
नेपाली जनताले गणतन्त्रको विकल्प खोजेका छैनन् : अग्नि सापकोटा
फाइल तस्बिर ।

काठमाडौं । सत्तारूढ नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्नि सापकोटाले नेपाली जनताले गणतन्त्रको विकल्प नखोजेको बताएका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीमाझ प्रवक्ता सापकोटाले विश्वकै लागि मोडेलको रूपमा रहेको संघीयता, गणतन्त्र र धर्म निरपेक्षताको विकल्प नेपाली जनताले नखोजेको दाबी गरेका हुन् ।

Dabur Nepal
NIC Asia

उनले सामाजिक न्यायसहितको सुशासन र समृद्धि नेपाली जनताको अहिलेको अपेक्षा रहेको उल्लेख गर्दै सोहीअनुसार अघि बढ्न परिवर्तनका पक्षधर राजनीतिक शक्तिहरू एक ठाउँमा आउनुपर्ने बताए । प्रवक्ता सापकोटाले संघीय लोकतान्त्रिक गणतन्त्रलाई धुमिल बनाउने कुनै पनि दुष्प्रयासहरू सफल नहुने पनि दाबी गरे ।

"धेरै ठुलो कुर्बानी गरेर हामीले गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता, समानुपातिक समावेशी सिद्धान्त ल्याएका छौँ । यो धेरै ठुलो कुरो छ, धेरै महत्त्वपूर्ण कुरा छ । यो विश्वकै लागि एउटा मोडेल छ । यसलाई धुमिल पार्नका लागि, यसलाई ओझेलमा पार्नका लागि पछाडि फर्काउन दुष्प्रयासहरू भइरहेका छन् । यो इतिहासको चक्का पछाडि फर्कन सक्दैन । निरन्तर निरन्तर अगाडि बढिरहन्छ । र, नेपाली जनताले त्यो चाहेका पनि छैनन्," उनले भने ।

प्रवक्ता सापकोटाले मुलुकलाई अग्रगामी बाटोमा अघि बढाउन अग्रमगनका पक्षधर शक्तिहरूबीच सहकार्यका साथ अघि बढ्नुको विकल्प नरहेको पनि बताए ।

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, फागुन १३, २०८०  १७:१०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro