काठमाडौं । ‘इन्टु मिन्टु लन्डनमा’ पछि दोस्रो पटक साम्राज्ञी र धिरज पर्दामा एकसाथ देखिने भएका छन् । ‘रुमानी रंग’मा साम्राज्ञी राज्यलक्ष्मी शाहसँग धिरज मगरको जोडी बाँधिने भएको छ ।
रोमान्टिक सिनेमा ‘रुमानी रंग’को औपचारिक घोषणा गरिएको छ । अनिल योञ्जनको निर्देशन रहने सिनेमामा साम्राज्ञी र धिरज मुख्य भूमिकामा रहनेछन् ।
चलचित्रमा कथा/पटकथा र संवाद निर्देशक योञ्जनकै रहेको छ ।
सिनेमाको ९० प्रतिशत सुटिङ अष्ट्रेलियामा हुनेछ भने बाँकी १० प्रतिशत नेपालमा हुनेछ ।
चलचित्रले वर्तमान समयको आधुनिक प्रेमकथा प्रस्तुत गर्ने जानकारी निर्माणपक्षले दिएको छ ।
चलचित्रले सजिलोसँग तोडिने र गाह्रोसँग जोडिने माया तथा हसाएर र रुवाएर विदेशमा बस्ने विद्यार्थीको दुःखसमेत देखाउनेछ ।
चलचित्र वैशाखको पहिलो साताबाट फ्लोरमा जानेछ ।