site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुनरावेदन दर्तापछि सन्दीपका वकिल भन्छन्– उच्च अदालतबाट न्याय पाउनेमा विश्वस्त छौँ
फाइल तस्बिर ।

काठमाडौं । जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावदेन दिएपछि क्रिकेटर सन्दीप लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले उच्च अदालतबाट न्याय पाउने कुरामा आफूहरू विश्वस्त रहेको बताएका छन् ।

जिल्ला अदालतको फैसला बदरको मागसहित सन्दीपसहित उनको कानुनी टिम बिहीबार उच्च अदालत पुगेको थियो । पुनरावेदन दर्तापछि सन्दीपका वकिल घिमिरेले जिल्ला अदालतबाट भएको फैसलाका आधारहरू तथ्यबाट पुष्टि हुन नसक्ने दाबी गरे ।

उनले जिल्ला अदालतबाट अनुमानको भरमा फैसला आएकाले सन्दीप निर्दोष रहेको कुरामा आफूहरू विश्वस्त रहेकोसमेत जनाए ।

“काठमाडौं जिल्ला अदालतको फैसलामा हामीलाई चित्त नबुझेको हो । आज सन्दीप लामिछानेसहित सम्मानित उच्च अदालतमा पुनरावदेन गरेका छौँ । जिल्ला अदालतले आफ्नो फैसला गर्दा जुन तथ्यमा आधारित रहेर फैसला गर्‍यो, त्यो तथ्यमा आधारित नभई एउटा अनुमानको भरमा दोषी ठहर गर्ने फैसला गरेको छ,” घिमिरेले भने, “त्यो कुनै पनि आधार, तथ्यहरूबाट पुष्टि हुन सक्दैन । नगरेको अपराधमा जुन सजाय सन्दीप लामिछानेले पाएका छन्, त्यसमा चित्त नबुझेको हुँदा आज पुनरावेदन दर्ता भएको छ ।”

गत वर्ष भदौको सन्दीपविरुद्ध काठमाडौंस्थित प्रहरी वृत्त गौशालामा बलात्कारको उजुरी परेको थियो । सोही उजुरीका आधारमा गत असोज २० गते पक्राउ परेका सन्दीप यसै वर्षको पुस १३ गते बलात्कार मुद्दामा दोषी ठहर भएका थिए ।

सन्दीपलाई जिल्ला अदालत काठमाडौंले पुस २५ गते आठ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवाना तोकेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro