site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कामै नगरी भुक्तानी गर्न खोज्ने वडाध्यक्षसहित तीनजना भ्रष्टाचारी ठहर

काठमाडौं । दैलेखको आठबिसकोट नगरपालिका–८ का वडाध्यक्ष मुक्तिप्रसाद उपाध्यायसहित तीन जना भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

अख्तियारका अनुसार गणेश आधारभूत विद्यालयले बजेट नै विनियोजन नगरकोमा आईसीटी व्यवस्थापनका लागि वडाध्यक्ष उपाध्याय, व्यवस्थापन समितिका अध्यक्ष सन्तकबहादुर कामी र विद्यालयका प्रधानाध्यापक अनिलकुमार शाहीले सोलार खरिद प्रक्रिया अघि बढाएका थिए । उनीहरूले कोटेसन आह्वान गर्ने, कोटेसन छनोट गर्ने र सामग्री नै खरिद नगरी खरिद गरिसकेको भन्दै विद्यालय व्यवस्थापन समितिको निर्णयमार्फत झुटा बिल बनाएर आठबिस नगरपालिका–८ को कार्यालय हुँदै नगर कार्यपालिकामा चार लाख ९८ हजार रकम भुक्तानी दाबी गरेका थिए ।

उनीहरूले रकम भुक्तानी नलिए पनि गैरकानुनी लाभ लिन गलत लिखत तयार गरी भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेको छ ।

अदालतका न्यायाधीश डा. खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले   व्यक्तिगत लाभका लागि गलत बिल तयार पार्ने वडाध्यक्ष उपाध्याय, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विश्वकर्मा र प्रधानाध्यापक शाहीलाई जनही १० हजार जरिवाना हुने फैसला गरेको हो ।

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro