site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘अगस्त्य’को क्यारेक्टरमा आफैँ नजिक पुगेको सौगातको भनाइ
SkywellSkywell

काठमाडौं । अभिनेता सौगात मल्लले चलचित्र ‘अगस्त्य’मा आफूले गरेको क्यारेक्टरसँग आफू कुनै समय निकै नजिक पुगेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित कार्यक्रममा सौगातले मानसिक रूपमा आफू तनावमा रहेको समयलाई अनुभूत गरेर क्यारेक्टर निर्माण र अभिनय गरेको बताए । 

“म आफैँ पनि झण्डै–झण्डै त्यस्तै अवस्थाको नजिक पुगेर फर्किएको धेरैलाई थाहै छ । त्यसलाई पनि मैले फिल गरेको थिएँ,” उनले भने, “यद्यपि, त्यो क्यारेक्टर गर्न सजिलो थिएन । शारीरिकभन्दा पनि मानसिक रूपमा गरिने काम अफ्ठ्यारो हुन्छ ।” 

KFC Island Ad
NIC Asia

२५/२६ दिन मानसिक रूपमा समस्यामा रहेको एउटै क्यारेक्टरमा बस्दा भने आफूलाई असहज भएको उनले बताए । सौगात ‘अगस्त्य’मा दुई भिन्न चरित्रमा देखिएका छन् । 

नाजिर हुसेनले लामो समयपछि आफूले फरक र राम्रो चरित्रमा काम गर्न पाएको बताए । “मैले यो सिनेमामा फरक–फरक इमोसनमा काम गरेको छु, जुन प्रायः हरेक कलाकारको रहर हुन्छ,” उनले भने, “एउटै सिनेमामा फरकफरक जिन्दगी बाँचेको छु ।” 

Royal Enfield Island Ad

अब्बल क्यारेक्टरसँग काम गर्दा प्रेसर भए पनि सिकाइ नै बढी हुने गरेको अभिनेत्री मलिका महत बताउँछिन् । “एक्सनको त्यहीअनुसारको रियाक्सन गर्न सक्यो भने मात्रै पनि धेरै राम्रो काम हुन्छ भन्ने लाग्छ,” मलिका भन्छिन्, “यो सिनेमामा रहेको अब्बल कलाकारको इनर्जीबाट मैले काम गरेको छु ।” 

‘अगस्त्य’का निर्देशक सौरभ चौधरीले आफ्नो सिनेमा समाजको अहिलेसम्म नभनिएको एउटा तप्काको कथा भएको बताए । आफूलाई समाजका फरक कथा भन्न मन पर्ने गरेको भन्दै उनले त्यही छवि बनाउने चाह रहेको निर्देशक सौरभले बताए ।  

चलचित्र ‘अगस्त्य’ फागुन १८ गते रिलिज हुनेछ ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro