site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध सन्दीप लामिछाने उच्च अदालतमा 
फाइल तस्बिर ।

काठमाडौं । बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका छन् । जिल्ला अदालतको फैसला बदरको मागसहित बिहीबार कानुन व्यवसायीसहित आफैँ उच्च अदालत पुगेका हुन् । 

सन्दीपका वकिल सरोजकृष्ण घिमिरेका अनुसार उच्च अदालतमा पुनरावेदनको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । क्रिकेटर लामिछानेलाई काठमाडौं जिल्ला अदालतले आठ वर्ष कैद र तीन लाख जरिबानाको फैसला गरेको थियो । 

Dabur Nepal
NIC Asia

थप दुई लाख पीडित गौशाला २६ (छ) लाई क्षतिपूर्ति दिनुपर्ने फैसलामा उल्लेख छ । नाबालिग भन्दै मुद्दा परेकोमा अदालतले जन्मदर्ताको कागजातअनुसार गौशला २६ (छ) बालिग भएको ठहर गरेको थियो । तर, आर्थिक अवस्थाको नाजायज फाइदा सन्दीपले उठाएको काठमाडौं जिल्ला अदालतको ठहर छ । 

अदालतमा करणी नै नभएको दाबीसहित प्रतिवाद गरेका सन्दीपले गौशाला २६(छ) बालिग रहेको दाबीसहित नक्कली र सक्कली प्रमाण पेस गरेका थिए । नागरिकता, जन्मदर्ताको कागज र सर्टिफिकेटबाट नाबालिग देखिएकी गौशाला २६ (छ)का विषयमा अदालतबाट पटक–पटक जन्मदर्ताको कागज झिकाउने आदेश भएको थियो । 

उनकी आमाको समेत उमेर एकीन गर्ने आदेशपछि अन्तिम पटक झिकाएको जन्मदर्ता कागजका आधारमा अदालतले गौशाला २६ (छ) लाई बालिग ठहर गरेको हो । त्यसकै आधारमा करणी ठहर भएपछि सन्दीप फैसला बदरको मागसहित उच्च अदालत गएका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:४६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro