site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सूर्य नेपाल वेस्टर्न ओपन : पहिलो दिन भुवनलाई अग्रता 
SkywellSkywell

काठमाडौं । सूर्य नेपाल गल्फ टूर २०२३–२४ अन्तर्गतको चौथो प्रतियोगिता, सूर्य नेपाल वेस्टर्न ओपनको पहिलो दिन भुवन नगरकोटीले एक स्ट्रोकको अग्रता बनाएका छन् । 

बुधबार पोखरास्थित पार–६९ को हिमालयन गल्फ क्लबमा पूर्वनम्बर एक प्रो भुवन ३–अन्डर ६६ को स्कोरमा शीर्ष स्थानमा रहेका हुन् । एमेच्योर खेलाडी सद्भाव आचार्य २–अन्डर ६७ मा खेल सकाउँदै दोश्रो स्थानमा रहे । रवि खड्का र निरज तामाङले इभन–पार ६९ को स्कोरमा तश्रो स्थान बाँडे । 

KFC Island Ad
NIC Asia

१–ओभर ७० सहित धनबहादुर थापा पाँचौँ स्थानमा रहँदा दीपक आचार्य र टंकबहादुर कार्की २–ओभर ७१ सहित संयुक्तरूपमा छैटौँ स्थानमा रहे । बलभद्र राई, भुवनकुमार रोक्का, दीपक मगर, दिनेश प्रजापति तथा एमेच्योर सुन्दर राई ३–ओभर ७२ को स्कोरमा संयुक्तरूपमा आठौँ स्थानमा रहेका छन् । 

लिडर भुवनले दोश्रो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइनमा १–अन्डर ३३ मा पुरा गरे । यसपछि तीन बर्डी खेलेका उनले एक बोगी खेप्दा ब्याक नाइन २–अन्डर ३५ मा सकाए । भुवनले ११औँ, १५औँ र १८औँ होलमा एक–एक सट बचाउँदा १२औँ होलमा बोगीको सामना गरे । 

सूर्य नेपाल गल्फ टूर २०२३–२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगिता, सूर्य नेपाल सेन्ट्रल ओपनको उपाधि विजेता सद्भावले फ्रन्ट नाइन १–अन्डर ३३ र ब्याक नाइन १–अन्डर ३४ मा सकाए । उनले तेश्रो होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगीरहित खेले । यसपछि १२औँ होलमा बोगी खेपेका सद्भावले १३औँ र १५औँ होलमा बर्डी प्रहार गरे । 

पूर्वनम्बर एक प्रो रविले फ्रन्ट नाइन इभन–पार ३४ मा सकाए र ब्याक नाइनमा इभन–पार ३५ खेले । चौथो र आठौँ होलमा बर्डी प्रहार गरेका रविले छैटौँ होलमा डबल बोगी खेपे । यसपछि १०औँ होलमा बर्डी प्रहार गरे भने रविले १८औँ होलमा एक सट खेर फाले ।

निरजले फ्रन्ट नाइनमा बोगीरहित १–अन्डर ३३ खेल्दा ब्याक नाइनमा १–ओभर ३६ खेले । उनले तेश्रो होलमा बर्डी प्रहार गरे । यसपछि निरजले १३औँ र १५औँ होलमा बोगी खेपे भने १४औँ होलमा एक सट जोगाए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १६:१४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro