site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
बलात्कार मुद्दामा ब्राजिलियन फुटबलर आल्भेस दोषी ठहर 

काठमाडौं । बार्सिलोनाका पूर्वखेलाडी तथा ब्राजिलियन फुटबलर ड्यानी आल्भेस बलात्कार मुद्दामा दोषी ठहर भएका छन् ।  स्पेनको अदालतले आल्भेसलाई दोषी ठहर गरेको हो । 

बार्सिलोनाको एक नाइट क्लबमा एक महिलामाथि बलात्कार गरेको आरोपमा अदालतले आल्भेसलाई दोषी ठहर गर्दै साढे चार वर्षको जेल सजाय सुनाएको हो । विश्व फुटबलकै सबैभन्दा धेरै उपाधि जित्ने खेलाडीमध्येका एक आल्भेसमाथि सन् २०२२ को डिसेम्बर ३१ मा बलात्कारको आरोपसहित एक महिलाले उजुरी दर्ता गराएकी थिइन् । 

आल्भेसमाथि स्पेनको एक नाइटक्लबको भीआईपी सेक्सनको शौचालयमा महिलामाथि बलात्कार गरेको आरोप लागेको थियो । आल्भेसले महिलाको ‘अनिच्छा भए तत्काल प्रतिरोध गर्न सक्ने’ तर्क गरे पनि अदालतले महिलाको सहमति नभएको फैसला सुनाएको हो । एक विज्ञप्ति जारी गर्दै अदालतले पीडितको बयानबाहेक अन्य प्रमाणहरूले पनि आल्भेसलाई बलात्कारी प्रमाणित गर्ने जनाएको छ ।
 

प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  १५:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro