site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
ट्राफिक सप्ताहको शुभारम्भ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालगन्जमा एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह–२०८० को शुभारम्भ गरेका छन् । सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणका निम्ति बिहीबारदेखि ट्राफिक सप्ताह सुरु गरिएको हो ।

त्यसक्रममा लुम्बिनी प्रदेश र बाँकेका प्रहरी र स्थानीय निकायहरूको संयुक्त आयोजनामा प्रभातफेरी गरिएको थियो । प्रभातफेरीमा यातायात र शैक्षिक क्षेत्रका व्यक्ति तथा सर्वसाधारणको बाक्लो उपस्थिति थियो ।

त्यसक्रममा गृहमन्त्री श्रेष्ठले ट्राफिक सचेतनाका निम्ति सबै पक्षले सहयोग र चासो देखाएकामा आभार व्यक्त गरे । सचेतनाले दुर्घटना र ट्राफिक जामलाई न्यूनीकरण गर्ने मात्र नभएर चालक, यात्रु सबैलाई ज्ञान दिने उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, फागुन १०, २०८०  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC