site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
राजादेखि माओवादीसम्म अट्ने नयाँ समझदारी गरौँ, नभए दुर्घटना हुन्छ : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता मुलुक लागि अभिशाप भइसकेको बताएका छन् । 

मुलुकलाई गम्भीर दुर्घटनाबाट जोगाउन प्रमुख दलहरूले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताको बाटोमा पुनर्विचार गरी राजादेखि माओवादीसम्म अट्ने खालको नयाँ समझदारी गरेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।

राजसंस्था र हिन्दु राष्ट्र पुनर्स्थापनाको माग गर्दै बुधबार र्‍यालीसहितको विरोध प्रदर्शनपछि काठमाडौंमा आयोजित कोणसभामा अध्यक्ष लिङ्देनले देश यथास्थितिमा अघि बढाउन खोजे गम्भीर दुर्घटनामा फस्ने चेतावनी दिए ।

उनले आफूहरूले देशलाई पछाडि फर्काउन चाह्यो भनेर भ्रमपूर्ण प्रचार नगर्न पनि प्रमुख दलका शीर्ष नेताहरूलाई सचेत गराए ।

अध्यक्ष लिङ्देनले मुलुकलाई सही बाटोमा अघि बढाउन आफूहरूले शान्तिपूर्ण आन्दोलन थालेको उल्लेख गर्दै त्यसलाई कमजोरी नठान्न आग्रह गरे ।

प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  २२:०३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro