site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सांसद बोहराको निधनप्रति राप्रपाले तीनदिन शोक मनाउने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आफ्नो पार्टीका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दीपक बोहराको निधनप्रति दुःख व्यक्त गर्दै तीनदिन शोक मनाउने भएको छ ।

मंगलबार पार्टीको केन्द्रीय पदाधिकारीको आकस्मिक बसेको बैठकले वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य बोहराको निधनप्रति गहिरो दुःख व्यक्तसहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै तीनदिन शोक मनाउने निर्णय गरेको सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

साथै, तीनदिन पार्टीको केन्द्रीय कार्यालय, जिल्ला र कमिटीगत कार्यालयमा पार्टीको झन्डा आधा झुकाउने तथा कुनै पनि औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको उनले बताए ।

यसैगरी वरिष्ठ नेता बोहराको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि भोलि चैत २० गते बुधबार दिउँसो २ बजेदेखि पार्टी केन्द्रीय कार्यालय चाबहिलमा राखिने र स्व बोहराको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने सो पार्टीले जनाएको छ ।

rpr-1743529482.jpg
 

 

प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  २३:३५
प्रतिक्रिया दिनुहोस्