site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री ओलीको थाइल्यान्डका समकक्षीसँग भेटवार्ता

बैंकक । थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातबीच आज भेटवार्ता भएको छ ।

भेटवार्तामा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार युवराज खतिवडा, मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत थिए ।

त्यसअघि थाइल्यान्डको सरकारी भवनमा प्रधानमन्त्री ओलीको समकक्षी शिनावातले स्वागत गरेकी थिइन् ।

परराष्ट्र मन्त्रालयका अनुसार, भेटवार्तापछि संस्कृति र पर्यटनका क्षेत्रमा सहकार्यसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुनेछ । यसैगरी, दुई देशबीचका गैरसरकारी र व्यावसायिक संस्थाबीच विभिन्न ६ सहमतिपत्र आदाप्रदान हुनेछ ।

सम्झौतापछि दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । त्यसपछि प्रधानमन्त्री ओली आफ्नो सम्मानमा समकक्षी शिनावातले आयोजना गर्ने दिवभोजमा सहभागी हुनेछन् । प्रधानन्त्री ओलीले आजै थाई नरेश महा बजिरालोङकर्नसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । रासस

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २०, २०८१  ११:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro