site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सिन्धुलीमा स्वास्थ्य चौकी बनाउन जापान सरकारको सहयोग

काठमाडौं । सिन्धुलीमा स्वास्थ्य चौकी निर्माणका लागि जापान सरकारले सहयोग गर्ने भएको छ ।

नेपालका लागि जापानका राजदूत किकुता युताका र सहकारी नेपाल सिन्धुलीकी अध्यक्ष सिरमला तामाङले यसका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Dabur Nepal
NIC Asia

काठमाडौंस्थित जापानी राजदूतावासमा बुधबार सम्झौतामा हस्ताक्षर भएको दूतावासले जनाएको छ । 

सम्झौता अनुसार जापानले ग्रासरुट्स ह्युमन सेक्युरिटी प्रोजेक्ट्स (जीजीपी) अन्तर्गतबाट करिब ९७ लाख नेपाली रुपैयाँ (७३ हजार ७४७ अमेरिकी डलर) अनुदान उपलब्ध गराउने भएको हो ।

यो रकमले सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर १ स्थित स्वास्थ्य चौकीको पुनर्निर्माण गरिनेछ ।

करिब ४० वर्षअघि निर्माण भएको पुनर्निर्माणको व्यवस्थापन गोलन्जोर गाउँपालिका र सहकारी नेपाल, सिन्धुलीले गर्ने जापानी दूतावासले जनाएको छ ।

तल्लो तहका समुदायको सामाजिक एवं आर्थिक विकासमा सहायता गर्न स्थापित जीजीपी अन्तर्गत सन् १९९१ यता नेपालमा दुई सयभन्दा बढी परियोजनाहरू सम्पन्न भएको दूतावासले बताएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ९, २०८०  १३:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro