देश

काठमाडौं । मितेरी सहकारीका अध्यक्ष ज्योतिबहादुर भण्डारीलाई कम्बोडियाको प्रहरीले नियन्त्रणमा लिएको छ । सहकारीको रकम ठगीपछि उनी फरार थिए ।
तर, प्रहरीको अन्तर्राष्ट्रिय अपराध संगठन (इन्टरपोल)ले उनी कम्बोडिया पुगेको खुलेपछि त्यहाँको प्रहरीले नियन्त्रणमा लिएको प्रहरी उच्च स्रोतले जानकारी दिए ।
उनीविरुद्ध इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेको थियो । उनीसँगै ज्योति गुरुङसमेत फरार छन् । ललितपुरस्थित मितेरी सहकारीको १४ करोड रुपैयाँ अपचलनपछि उनी फरार थिए ।
उनलाई कम्बोडियाबाट नेपाल ल्याउने तयारी भएको छ ।
प्रकाशित मिति: मंगलबार, असार ३, २०८२ १७:४४
प्रतिक्रिया दिनुहोस्