site stats
बाह्रखरी :: Baahrakhari
विदेश
हुथी क्षेप्यास्त्र आक्रमणले बेलायती जहाजमा क्षति

काठमाडौं । यमनको हुथी समूहले अडेनको खाडीमा रहेको बेलायती जहाजमा मिसाइल प्रहार गरेको बताएको छ । 

आफ्नो नौसैनिक सेनाले अडेनको खाडीमा रहेको बेलायती जहाज रुबिमारमा धेरै मिसाइलहरू प्रहार गरेको दाबी गरेको हो । हुथी सेनाका प्रवक्ता याह्या सारियाले आफ्नो समूहको स्याटेलाइट टीभी च्यानल अल–मासिराहद्वारा प्रसारित टेलिभिजन बयानमा उक्त दाबी गरेका हुन् ।

हुथी समूहले गाजामा (इजरायली) आक्रमण नरोक्दासम्म लाल सागर र एडेनको खाडीमा आफ्ना आक्रमणहरू नरोकिने बताएको छ । प्रवक्ताले आफ्नो समूहले हुथीको नियन्त्रणमा रहेको होडेडाह बन्दरगाह सहरमा अमेरिकी एमक्यु ९ ड्रोनलाई खसालेको दाबी गरे । 

बेलायती सामुन्द्रिक एजेन्सीले उक्त जहाजमा आक्रमण आइतबार हुथी नियन्त्रित होदेइदाह बन्दरगाह सहरको दक्षिणमा रहेको अल–मुखाबाट ३५ नटिकल माइल दक्षिणमा भएको बताएको छ । आक्रमण गरिएको जहाज बेलायती दर्ता गरिएको कार्गो बल्क हो । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, फागुन ८, २०८०  १३:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu