-1747999494.jpg)
काठमाडौं । अमेरिकाको एक संघीय न्यायाधीश एलिसन बरोजले हार्वर्ड विश्वविद्यालयले अन्तर्राष्ट्रिय विद्यार्थीलाई प्रवेश नदिने ट्रम्प प्रशासनको निर्णयमा अस्थायी रोक लगाएकी छिन् ।
म्यासाचुसेट्स राज्यकी न्यायाधीश बरोजले भनिन्, “यो प्रतिबन्ध लागु भएमा अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालयलाई तत्काल गम्भीर क्षति पुग्न सक्छ ।”
बिहीबार हार्वर्डले अदालतमा दायर गरेको मुद्दाको पृष्ठभूमिमा यो फैसला आएको हो ।
हार्वर्डले आरोप लगाएको थियो कि ट्रम्प प्रशासनले जानीजानी उनीहरूलाई निशाना बनाएर अभिव्यक्ति स्वतन्त्रतालाई दमन गर्न खोजेको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यो प्रतिबन्ध देशको सुरक्षाको लागि आवश्यक भएको बताएका छन् । साथै, हार्वर्डले यहुदीविरोधी गतिविधि रोक्न पर्याप्त कार्य नगरेको आरोप पनि उनले लगाए ।