site stats
बाह्रखरी :: Baahrakhari
विदेश
मोदीले शुभारम्भ गरे विश्वको सबैभन्दा अग्लो रेलवे पुल

काठमाडौं । विश्वको सबैभन्दा अग्लो रेलवे पुल भारतको काश्मीरमा सञ्चालनमा आएको छ ।

निर्माण सुरु भएको चार दशकपछि बनेको चिनाब पुल आफ्नै नामको नदीभन्दा ३५९ मिटर (लगभग १,१८० फिट) माथि छ । जुन इफेल टावरको टुप्पोभन्दा २९ मिटर (९५ फिटभन्दा बढी) अग्लो छ ।

Argakhachi Cement Island Ad

४२ वर्षदेखि बन्दै गरेको यो पुल सम्पन्न भई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज शुभारम्भ गरेका हुन् । यसले भारतको काश्मीर अन्य सहरलाई रेलमार्गमार्फत जोड्ने द इन्डियन एक्सप्रेसले बताएको छ ।

गत अप्रिलमा भएको पर्यटक हत्याकाण्डपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक कश्मीर क्षेत्रको यात्रामा गएका हुन् । 

वास्तुकलाको अद्भूत कृतिका रूपमा रहेको चेनाब रेल पुल १,३१५ मिटर लामो यो स्टिल आर्च पुल हो । भूकम्प र हावाको प्रबल गति सहन सक्ने गरी पुल निर्माण गरिएको बताइएको छ । 

यो पुलले जम्मू र श्रीनगरबीचको यातायात सुविधा बढाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताइएको छ । यसले जम्मू र श्रीनगरबीचको यात्रा समय २–३ घण्टा घटाउने बताइएको छ । यो पुलमा चल्ने ‘वन्दे भारत’ ट्रेनले कटरा र श्रीनगरबीचको यात्रा समय तीन घण्टामा सीमित गर्नेछ । 

१६० मिलियन डलरभन्दा बढी लागतको यो पुल कश्मीर र भारतका बाँकी भूभागबीच रेलवे जोड्ने अभियानको पहिलो हिस्सा हो ।एजेन्सीहरू

प्रकाशित मिति: शुक्रबार, जेठ २३, २०८२  १४:५६
प्रतिक्रिया दिनुहोस्