site stats
बाह्रखरी :: Baahrakhari
कला
एलओडीमा प्रस्तुति दिँदै जमैकन–अमेरिकी डीजे वाल्सी फायर
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । अमेरिकी दूतावासको सहकार्यमा ठमेलस्थित एलओडी क्लबमा जमैकन–अमेरिकी डीजे वाल्सी फायरले प्रस्तुति दिने भएका छन् । आउँदो बुधबार उनले सो क्लबमा प्रस्तुति दिन लागेका हुन् ।

वाल्सी फायर डीजे मेजर लेजर समूहका एक सदस्य हुन् । उनी जमैकन–अमेरिकी डीजे, एमसी र रेकर्ड निर्माता समेत हुन् । उनको समूह डीजे डिप्लो र एप ड्रम्सको साथमा रहनेछ । क्लबका निर्देशक रविन श्रेष्ठले वाल्सी फायरको कार्यक्रम राति ११ बजेदेखि सुरु हुने जानकारी दिए ।

कार्यक्रममा सहभागी हुन चाहनेले ई–सेवाबाट एक हजार रुपैयाँको टिकट लिनुपर्नेछ । कार्यक्रम सुरु हुनुअगाडि क्लबमा प्रवेश गरेर दर्शकले मनोरञ्जन गर्न सक्नेछन् ।

प्रकाशित मिति: सोमबार, फागुन ७, २०८०  १३:५५
प्रतिक्रिया दिनुहोस्