site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कालिकोटको अल्लो भाँगो प्रशोधन केन्द्रको भवनमा भ्रष्टाचार भएको ठहर

काठमाडौं । कालिकोटको सदरमुकामा मान्मको अल्लो भाँगो प्रशोधन केन्द्रको भवन निर्माणमा भ्रष्टाचार भएको ठहर भएको छ ।

आर्थिक वर्ष ०७०/७१ मा केन्द्रको भवन निर्माणमा झुटा बिल बनाएर बढी भुक्तानी लिएको भन्दै खख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो ।

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाुब श्रेष्ठको इजलासले आइतबार सचिव नरेन्द्रप्रसाद पाण्डेलाई दोषी ठहर गरेको हो ।

अख्तियारले उपभोक्ता समितिका अध्यक्ष नन्दप्रसाद पाण्डे, सचिव नरेन्द्रप्रसाद पाण्डे र कोषाध्यक्ष विनिता राना (पाण्डे)विरुद्ध दुई लाख ५१ हजार ५२९ रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेका थियो । तर, अदालतले सचिव पाण्डेलाई मात्र दोषी ठहर गरेर तीन महिना कैद र बिगो असुल हुने फैसला गरेको हो ।

प्रकाशित मिति: आइतबार, फागुन ६, २०८०  १९:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro