site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इजिप्टबाट गाजामा दुई लाख टन मानवीय सहायता पठाइयो
फाइल तस्बिर ।

कायरो । इजिप्टले गाजापट्टीको युद्धग्रस्त प्यालेस्टाइनी क्षेत्रमा लगभग दुई लाख टन मानवीय सहायता पठाएको इजिप्टका सामाजिक एकतामन्त्री निभिन एल–कब्बागले शुक्रबार बताए ।

राजधानी कायरोमा ‘रन फर गाजा म्याराथन’मा भाग लिँदै उनले आवाश्यक सेवाको व्यवस्था गर्न, आपूर्ति शृंखला विस्तार गर्न करिब ३७  देशबाट प्राप्त सहायता भण्डारण गर्न इजिप्टको रेड क्रिसेन्टको भूमिकाको प्रशंसा गरेका थिए ।

Argakhachi Cement Island Ad

इजरायलले गएको अक्टोबर ७ देखि गाजामा हमासविरुद्ध सैन्य अभियान चलाइरहेको छ । दक्षिणी इजरायलमा आन्दोलनजन्य आक्रमणपछि करिब एक हजार २०० मानिसको मृत्यु भएको छ ।

गाजामा इजरायली नाकाबन्दी र बमबारीले अहिलेसम्म २८ हजार ७७५ प्यालेस्टाइनीको ज्यान लिएको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको छ । रासस/सिन्ह्वा

प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १५:५०
प्रतिक्रिया दिनुहोस्