site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
पुस्तक परिचय
Sarbottam CementSarbottam Cement

मृत्युको छहारीमा 

(कथासंग्रह : विनयराज गौतम)

विनयराज गौतमको कथाकृति ‘मृत्युको छहारीमा’ केही समयअघि सार्वजनिक गरिएको छ । त्यसअघि, फुटकर रूपमा कथा र नियात्रा लेख्दै आएका सर्जक हुन् उनी । उनी भोजपुरी भाषामा पनि साहित्य लेख्छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

साढे तीन दशकभन्दा बढी शैक्षिक क्षेत्रमा बिताएका विनयराजले आफ्नो कथाकृतिको लेखकीयमा लेखेका छन्, “...मैले आफ्नो माटो, संस्कृति र परिवेश आदिबारे अनुभूत गरेको तथ्यलाई कथाको रूपमा पस्केको छु । म आफ्नो यो कर्ममा के कति सफल वा असफल भएको छु, त्यसको निर्णय गर्ने अधिकार यहाँहरूको हो ।”

संग्रहमा तराई मधेस पृष्ठभूमिका ११ कथा समेटिएको छ ।

Global Ime bank

ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित १३२+४ पृष्ठको यो कथाकृतिको मूल्य ३५०।– रुपैयाँ राखिएको छ ।
०००

अनागत अन्तरा
 

(निबन्धसंग्रह : माधव काफ्ले)

मोफसलमा बसेर निरन्तर साहित्य सिर्जना गरिरहने क्रियाशील सर्जक हुन्, माधव काफ्ले । केही समयअघि उनको निबन्धसंग्रह ‘अनागत अन्तरा’ प्रकाशित भएको छ ।

उपन्यास, संस्मरण र तीन निबन्धसंग्रह यसअघि प्रकाशित गरिसकेका काफ्लेको यो चौथो निबन्धकृति हो । संग्रहभित्र २३ निबन्ध पढ्न पाइन्छ ।

सुशील स्मृतिगृह, चन्द्रपुर, रौतहटबाट प्रकाशित कृति १४४+४ पृष्ठको छ ।
०००

कालो गुलाफ
 

(कथासंग्रह : गोपाल अश्क)

साहित्यकार गोपाल अश्कको पछिल्लो कथाकृति हो, ‘कालो गुलाफ’ । उनका यसअघि विभिन्न कृति प्रकाशित छन् । कविता, गीत, गजल, नाटक, समालोचनालगायत कृति प्रकाशनमा ल्याइसकेका अश्कको यो चौथो कथासंग्रह हो ।

 

कृतिभित्र आफ्नो भनाइमा अश्कले लेखेका छन्, “...मैले आफूले देखेभोगेको समाज र त्यो समाजमा व्याप्त विसंगतिलाई नै आफ्ना रचनाको विषयवस्तु बनाउने गरेको छु । म कल्पनाको प्वाँख लगाएर आकाशमा स्वच्छन्द विचरण गर्न सक्दिनँ ।...।”

कृतिमा १५ कथा छन् ।

ओरिएन्टल पब्लिकेसनद्वारा प्रकाशित १५०+४ पृष्ठको यो पुस्तकको मूल्य ४००।– रुपैयाँ राखिएको छ ।
०००

संस्कृतिमा के छ ?

(अनुसन्धान : बद्रीप्रसाद ढकाल)

विशेष गरी अनुसन्धानात्मक सिर्जनामा रमाउने बद्रीप्रसाद ढकालको अर्को पुस्तक हो, ‘संस्कृतिमा के छ ?’ ढकालका यसअघि विभिन्न विधाका पुस्तक प्रकाशित भइसकेका छन् ।

यो पुस्तकभित्र लेखकले लेखेका छन्, “यसरी मानव सभ्यताको विकासक्रमसँगै निर्माण हुँदै आएको संस्कृतिलाई सरल र सहज तरिकाबाट बुझाउन र आआफ्ना मौलिक संस्कृतिको जगेर्नाका लागि प्रेरित गर्न यस पुस्तकले सरसहयोग वा सानो भूमिका निर्वाह गर्नेछ भन्ने आशा राख्दै पाठकप्रति पुस्तक समर्पण गर्दछु ।”

पुस्तकमा तीन खण्डमा संस्कृतिका अनेक पाटा प्रस्तुत गरिएको छ ।

अनुसन्धान विमर्शद्वारा प्रकाशित २१६+४ पृष्ठको यो कृतिको मूल्य ५००।– रुपैयाँ राखिएको छ ।
०००

ओगिल्जा 
 

(आत्मकथा : अमर अधिकारी)

साहित्यकार अमर अधिकारीको आत्मकथा कृति हो, ‘ओगिल्जा’ । यसमा उनको जीवनका विविध घटना समेटिएको छ । अधिकारीको यसअघि एउटा बालकविताकृति प्रकाशित छ । उनी अरू केही कृति प्रकाशनको तयारीमा छन् ।

आफ्नो लेखकीयमा अधिकारीले लेखेका छन्, “मैले रोल्पावृत्तमा केही कुराहरूमा इतिहास रचेको छु भने खुँगीवृत्तमा धेरै कुराहरूमा इतिहास रचेको छु । जुन कुरा यस पुस्तकमा समेटेको छु ।”

६ भागमा पुस्तक प्रस्तुत छ ।

लेखक स्वयं प्रकाशक रहेको १२६+४ पृष्ठको यो पुस्तकको मूल्य ३५०।– रुपैयाँ राखिएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  १०:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC