site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चीनले मे १ देखि नेपालीसँग भिसा शुल्क नलिने 
SkywellSkywell

काठमाडौं । चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ । सन् २०२४ मे १ (वैशाख १९)देखि चीन जानको लागि आवेदन दिने नेपालीसँग चीनले भिसा शुल्क नलिने निर्णय गरेको हो । 

काठमाडौंस्थित चिनियाँ दूतावासले आइतबार सूचना प्रकाशति गर्दै उक्त जानकारी दिएको हो । एक्सप्रेस फि र सर्भिस फि भने लिने दूतावासले जारी गरेको सूचनामा उल्लेख छ ।

KFC Island Ad
NIC Asia

“नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवद्र्धन गर्न र  नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन नेपालस्थित चिनियाँ दूतावासले मे १, २०२४ देखि नेपाली नागरिकबाट चिनियाँ भिसा शुल्क लिइने छैन (एक्सप्रेस शुल्क र सर्भिस फि लिइनेछ),” सूचनामा भनिएको छ ।

नेपालले चिनियाँ पर्यटक आकर्षक गर्ने उद्देश्यले केही वर्षअघि चिनियाँ पयर्टकसँग भिसा शुल्क नलिने निर्णय गरेको थियो । 
 

Royal Enfield Island Ad

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १०:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro