site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
कविताको भोक जाग्यो
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

मैले तिम्रा कविता पढेँ, खुब पढेँ
‘मन र आँखा’ले पढेँ,
मैले मेरो ‘हृदय’ले पढेँ
कविताको ‘स्वाद’ लिएर पढेँ,
मैले कविताको ‘रस’ पिएर पढेँ
तिम्रा कविता पढेर मलाई
झन् बढी कविताको ‘भोक’ जाग्यो
कविता अरू पढ्ने ‘प्यास’ लाग्यो
उत्सुकता अरू बढ्यो
किनभने, कवितामा बेग्लै ‘मिठास’ भेटेँ ।

तिम्रो अनुभूतिमा मैले आफूलाई
स्वतः अभिव्यक्त भएको पाएँ
कति शब्द ‘संवेदना छोइने’
भएर बगेको
कति शब्द ‘मायाको आभास’
भएर पोखिएको
कति शब्द ‘जिन्दगीको विम्ब’
बनेर लेखिएको
भावनाहरू पोखिनु, शब्दहरू लेखिनु
सामान्य कुरा हो
तर, त्यसमा ‘ज्यान’ हुनु
कवितामा ‘कोमलता’ र ‘कला’ हुनु
कवितामा खास सुवास हुनु
कवितामा जीवन्तता महसुस गर्न पाइनु
अझ त्यसमा पृथक् मौलिकता हुनु
साथी तिम्रो कविताको ‘शक्ति’ हो ।

तिम्रो सिर्जनाको ‘क्षमता’ हो
तिमीलाई अनेक–अनेक बधाई छ
शुभकामना र यस्तै–यस्तै अरू
सशक्त काव्यसुधाले तृप्त बनाऊ
तिम्रो कविता म पढिरहन्छु
कविता पढ्ने भोक जगाइरहू
पढ्ने रहर जगाइरहू !
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, फागुन ५, २०८०  ०८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC