site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु

नोम पेन । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले त्यहाँको पश्चिम क्षेत्रस्थित एक सैन्य शिविरमा भएको गोलाबारुद विस्फोटमा परी २० कम्बोडियाली सैनिकको मृत्यु भएको शनिबार बताएका छन् । प्रधानमन्त्री हुन मानेटले फेसबुकमार्फत जारी गरेको शोक सन्देशमा विस्फोटमा परी सैनिकको मृत्यु भएको उल्लेख छ ।

“गोलाबारुद विस्फोटको घटनाको खबरले म स्तब्ध भएको छु,” हुन मानेटले मृतकका परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै भने ।

प्रधानमन्त्री हुन मानेटले जारी गरेको वक्तव्यमा आफूले रक्षामन्त्री र रोयल कम्बोडियाली सशस्त्र बलका कमान्डर इन चिफलाई मृतक सैनिकको तत्काल अन्त्येष्टिको व्यवस्था गर्न निर्देशन दिएको बताएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक तस्बिरमा भत्किएको एकतले भवन धुवाँले ढाकेको देखिन्छ । नजिकैको गाउँका एक बासिन्दाले पनि झ्यालहरू फुटेको तस्बिर अनलाइनमा सेयर गरेका छन् । अरू तस्बिरमा अस्पतालमा उपचार गराइरहेका सर्वसाधारणको अवस्था पनि देखिएको छ ।

दशकौँ लामो गृहयुद्धपछि गोलाबारुदले भरिएको कम्बोडियामा युद्ध सामग्री दुर्घटना असामान्य होइन । यहाँ सुरक्षा मापदण्डको ढिलासुस्तीका कारण दुर्घटना हुने गरेको छ । कम्बोडियाको सेनाले उक्त घटना ‘गोदाममा भएको गोलाबारुद विस्फोट’बाट भएको जनाएको छ ।

घटनापछि सार्वजनिक गरिएको तस्बिरमा हतियारले भरिएको एउटा ट्रक विस्फोटका कारण पूर्ण रूपमा क्षति भएको देखाइएको छ । विस्फोटका कारण कार्यालय भवन र नजिकैको ब्यारेक ध्वस्त भएको छ । आसपासका २५ घरमा पनि आंशिक क्षति भएको छ । रासस/एएएफपी

NIBLNIBL
प्रकाशित मिति: शनिबार, वैशाख १५, २०८१  २२:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro