site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
काठमाडौंमा तास खेलिरहेका १७ जना पक्राउ
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । काठमाडौंमा तास खेलिरहेका १७ जना पक्राउ परेका छन् । आइतबार साँझ दुई स्थानबाट प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

शंखरापुर नगरपालिका–७, साँखुस्थित बज्रयोगिनी वर्कसप एन्ड रिकन्डिसनमा जुवातास खेलिरहेको अवस्थामा नौजना पक्राउ परेका छन् । शंखरापुर–१, नाङलेभारेका ३७ वर्षीय प्रकाश लामिछानेसहित नौजना पक्राउ परेका हुन् ।

लामिछानेको उक्त वर्कसपबाट नगद दुई लाख ६०० रुपैयाँ र एक बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

यस्तै, चन्द्रागिरि नगरपालिका–८, कञ्चन बस्तीस्थित रिङ कारखानामा जुवातास खेलिरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । सोही ठाउँका ७५ वर्षीय केपी गुरुङसहित आठजनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नगद ३४ हजार ८३० रुपैयाँ र ६ बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १३:३७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro