site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
घुस लिने, दिने र बुझ्ने तीनै जनालाई सजाय 

काठमाडौं । विशेष अदालतले घुस प्रकरणमा घुस माग्ने, घुस बुझ्ने र घुस दिने तीनै पक्षलाई दोषी ठहर गरेको छ । विशेष अदालतका न्यायाधीशहरू टेकनारायण कुँवर, रामहादुर थापा र रितेन्द्र थापाको इजलासले शुक्रबार तीनै जनालाई सजाय हुने फैसला गरेको हो ।

अदालतले जग्गा रजिस्ट्रेसनका लागि घुस मागेको अभियोगमा बाराको कलैयास्थित भूमि सुधार तथा मालपोत कार्यालयका खरिदार रामविश्वास साहलाई दोषी ठहर गरेको छ । उनले मागेको घुस रकम बुझ्ने गौरी शंकर साह र घुस दिने नविन अख्तर मियाँ धोवीलाई पनि कैद तथा जरिवानाको फैसला भएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत जेठ २ गते मुद्दा दायर गर्दा घुस माग्ने खरिदार साह र घुस रकम बुझ्ने गौरी शंकरलाई मात्र विपक्षी बनाएको थियो । मुद्दामा अख्तियारले घुस दिने धोबीलाई सरकारी साक्षी बनाएको थियो । तर, धोबीले विशेष अदालतमा घुस लेनदेन भएको विषयमा प्रतिकूल बयान दिएपछि अख्तियारले गएको भदौ २ गते उनविरुद्ध पनि मुद्दा दायर गरेको थियो ।

तीनैजनाको फैसला हुँदा घुस माग्ने साहलाई एक महिना कैदसहित १५ हजार जरिवाना, घुसबापतको पैसा बुझ्ने गौरी शंकरलाई मतियार ठहर गरी १५ दिन कैदसहित सात हजार ५०० रुपैयाँ जरिवाना र बयान फेरेका धोबीलाई मुख्य अभियुक्तसरह एक महिना कैदसहित १५ हजार जरिवानाको फैसला भएको हो ।

प्रकाशित मिति: शुक्रबार, माघ २६, २०८०  १९:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro