site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
नेपाल लाइफ इन्स्योरेन्सको नाफा बढ्यो

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा वृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको नाफा १२.९० प्रतिशतले वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा कम्पनीले ४२ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यही अवधिसम्ममा कम्पनीले ३७ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा २० अर्ब ६ लाख रुपैयाँ कुल बिमा शुल्क आर्जन गरेको छ । जुन गत वर्षको सोही अवधिमा प्राप्त कुल बिमा शुल्क १८ अर्ब ६२ करोड ७२ लाखको तुलनामा ७.३७ प्रतिशतले वृद्धि भएको हो । कम्पनीले समीक्षा अवधिमा तीन अर्ब १६ करोड प्रथम बिमा शुल्क आर्जन गरेको छ ।

Dabur Nepal
NIC Asia

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.६९ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले दुई अर्ब ६४ करोड रुपैयाँ प्रथम बिमा शुल्क आर्जन गरेको थियो ।

नवीकरण बिमा शुल्क १६ अर्ब ८३ करोड छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.३८ प्रतिशत बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १५ अर्ब ९७ करोड रुपैयाँ नवीकरण बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले दोस्रो त्रैमासिक अवधिसम्ममा ६ अर्ब ८२ करोड पाँच करोड खुद दाबी भुक्तानी गरेको छ । कम्पनीले छिटो र छरितो तरिकाले बिमितहरूको दाबी भुक्तानी गर्ने नीति अवलम्बन गरेको जानकारी दिएको छ ।

कम्पनीले नेपाल बिमा प्राधिकरणले जारी गरेको लगानी निर्देशिका बमोजिम सुरक्षित क्षेत्रमा लगानी गर्दै दोस्रो त्रैमासिक अवधिसम्ममा एक खर्ब ८६ अर्ब १० करोड भरपर्दाे एवं सुरक्षित क्षेत्रमा लगानी गरेको बताइएको छ ।

गत आर्थिक वर्षको अन्त्य सम्ममा करिब एक खर्ब ५० अर्ब ८६ करोड रुपैयाँ रहेको जीवन बिमा कोष २१.७४ प्रतिशतले वृद्धि भई करिब एक खर्ब ८३ अर्ब ६५ करोड रुपैयाँ पुगेको छ ।

कम्पनीको महाविपत्ति कोषमा एक अर्ब चार करोड रुपैयाँ सञ्चित छ ।

कम्पनीको रिटेन्ड अर्निङ एक अर्ब तीन करोड रुपैयाँ छ । अन्य इक्विटी १७ करोड रुपैयाँ भएको कम्पनीले जानकारी दिएको छ । आठ अर्ब २० करोड रुपैयाँ चुक्तापुँजी रहेको यस कम्पनीको समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी १०.४२ रुपैयाँ छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ १२८.०१ रुपैयाँ, मूल्य अनुपात आम्दानी ६२.८६ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य दुई हजार ४०१ रुपैयाँ र औसत प्रतिफल दर १०.०२ प्रतिशत छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २४, २०८०  २१:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro