देश
काठमाडौं । कास्कीमा तास खेलिरहेका सातजना पक्राउ परेका छन् । शनिबार साँझ प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१२, प्रगति टोलमा बस्दै आएका तनहुँको भानु नगरपालिका–८, तुरतुरेका ६६ वर्षीय नरबहादुर गुरुङसहित सातजना छन् । गुरुङको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।
नगद ६६ हजार ४३५ रुपैयाँ र चार बुक ताससहित उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, माघ २१, २०८० १३:४२
प्रतिक्रिया दिनुहोस्