site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
केप भर्डलाई पेनाल्टी सुटआउटमा हराउँदै दक्षिण अफ्रिका सेमिफाइनलमा

काठमाडौं । केप भर्डलाई पेनाल्टी सुटआउटमा २–१ ले हराउँदै दक्षिण अफ्रिका अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेको ।

शनिबार राति भएको पेनाल्टीमा दक्षिण अफ्रिकाका तेबोहो मोकोएना र मोथोबी एम्वालाले गोल गरे । दक्षिण अफ्रिकाबाट प्रहारका लागि आएका बाँकी दुई खेलाडीले भने गोल गर्न सकेनन् ।

केप भर्डबाट पेनाल्टीका लागि आएका पाँच खेलाडीमध्ये ब्रयन सिल्भाले मात्र गोल गरे ।

Dabur Nepal
NIC Asia

त्यसअघि खेलको निर्धारित र अतिरिक्त समयमा केप भर्ड र दक्षिण अफ्रिकाले गोलरहित बराबरी खेलेका थिए ।

जितसँगै सेमिफाइनल प्रवेश गरेको दक्षिण अफ्रिकाले अब फाइनल प्रवेशका लागि नाइजेरियासँग खेल्नेछ । यी दुईबीचको खेल फेब्रुअरी ७ मा हुनेछ ।

शनिबार नै भएको अर्को खेलमा मालीविरुद्ध २–१ को पुनरागमन जित निकाल्दै घरेलु टिम आइभेरी कोस्टले पनि सेमिफाइनलमा स्थान बनाएको छ ।

आइभेरी कोस्टको स्टाड बाउकेमा भएको खेलमा घरेलु टिमले निर्धारित समयको अन्तिम मिनेटसम्म १–० ले पछि परेको अवस्था उल्ट्याउँदै जित निकालेको हो । 

७१औँ मिनेटमा नेने डोर्गेलेसले गोल गर्दै मालीलाई अग्रतामा राखेका थिए । तर, ९०औँ मिनेटमा सिमोन एन्डिग्राले गोल गरेपछि आइभेरी कोस्ट खेलमा फर्किएको थियो ।

यस्तै, अतिरिक्त समयको इन्जुरी टाइममा आउमार डिएकिटेले निर्णायक गोल गरेपछि आइभेरी कोस्ट सनसनीपूर्ण जित निकाल्दै सेमिफाइनलमा प्रवेश गरेको हो ।

त्यसअघि खेलको ४३औँ मिनेटमा ओडिलोन कोसोउनोउ र अन्तिम समयमा गोलपछि ओउमार डिएकिटेले रातो कार्डको दर्शन गर्दा आइभेरी कोस्ट नौ खेलाडीमा समेटिएको थियो । यस्तै, इन्जुरी समयमै हमारी ट्रोरेले रातो कार्ड पाउँदा माली पनि १० खेलाडीमा समेटिएको थियो ।

आइभेरी कोस्टले अब फाइनल प्रवेशका लागि डीआर कंगोसँग खेल्नेछ । यी दुईबीचको खेल फेब्रुअरी ८ मा हुनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ २१, २०८०  १०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro