site stats
बाह्रखरी :: Baahrakhari
देश
कुटाइ खाने अधिकृतलाई विमानस्थलबाट हटाउन सिफारिस, प्रहरीलाई विभागीय कारबाही

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका अधिकृतमाथि प्रहरीबाट भएको हातपात घटनाबारे छानबिन गर्न गठित समितले प्रतिवेदन बुझाएको छ ।

सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिले आज गृह मन्त्रालयलाई प्रतिवेदन बुझाएको छ ।

प्रतिवेदनमा प्रहरीबाट कुटाइ खाएका अध्यागमन अधिकृत छायाला मोक्तानलाई विमानस्थलबाट हटाउन सिफारिस गरिएको छ । यसैगरी कुटपिटमा संलग्न प्रहरीलाई विभागीय कारबाही गर्न सिफारिस गरिएको गृह स्रोतले जानकारी दियो ।

गृह मन्त्रालयले गत शुक्रबार गठन गरेको समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जीसी सदस्य थिए । समितिलाई प्रतिवेदन पेस गर्न तीन दिनको समय दिइएको थियो ।

 

 

 

प्रकाशित मिति: बुधबार, माघ १७, २०८०  २०:४५
प्रतिक्रिया दिनुहोस्