site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
१५ अंकले बढ्यो नेप्से, साढे पाँच अर्बको सेयर कारोबार

काठमाडौं । नेप्से परिसूचक मंगलबार १४.८८ अंकले बढेर बन्द भएको छ । बजार ०.७० प्रतिशतले बढेर २११९.६१ विन्दुमा बन्द भएको हो ।

यस दिन पाँच अर्ब ५४ करोड ४२ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ । सोमबार चार अर्ब ५६ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको थियो ।

Dabur Nepal
NIC Asia

१५२ कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । ८५ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।

चन्द्रगिरि हिल्स लिमिटेड, समाज लघुवित्त वित्तीय संस्था र रावा इनर्जी पावर लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।

हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक मूल्यको सेयर कारोबार भएको छ । यो कम्पनीको ७५ करोड २७ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये तीन समूहको परिसूचक घटेको छ । बाँकी समूहको परिसूचक वृद्धि भएको छ । फाइनान्स समूहको परिसूचक स्थिर छ ।

निर्जीवन बिमा, वाणिज्य बैंक र लघुवित्त समूहको परिसूचक घटेको छ । सर्वाधिक परिसूचक घट्नेमा लघुवित्त समूह छ । यो समूहको परिसूचक ०.३ प्रतिशतले घटेको छ ।

सर्वाधिक परिसूचक वृद्धि ‘अन्य’ समूहको भएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १६, २०८०  १५:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro