खेल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ‘सी’ डिभिजन लिग छनोटका निम्ति टिम दर्ता खुला गरेको छ । बिहीबार (जेठ २२) एन्फाले ‘सी’ डिभिजन छनोटका निम्ति टिम दर्ता खुलाइएको जनाएको छ ।
इच्छुक टिमले आउँदो साउन २० गतेसम्म दर्ता गराउन सक्नेछन् । छनोट खेल्न प्रत्येक टिमले ३५ हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ ।
यस्ता टिम सरकारका कुनै पनि निकाय (जिल्ला प्रशासन कार्यालय, प्रदेश कार्यालय, राष्ट्रिय खेलकुद परिषद् वा कम्पनी ऐन)अन्तर्गत दर्ता भएको हुनुपर्ने एन्फाले जनाएको छ ।
छनोटबाट शीर्ष दुई टिमले ‘सी’ डिभिजन लिगमा स्थान बनाउनेछन् । प्रतियोगिता आउँदो भदौमा सुरु हुनेछ ।
प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२ १४:३८
प्रतिक्रिया दिनुहोस्