site stats
बाह्रखरी :: Baahrakhari
देश
छायाँनाथ राराका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायाँनाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारुसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

उनीहरूले गैरकानुनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले विशेष अदालत काठमाडौंमा सोमबार मुद्दा दायर गरेको हो ।

Argakhachi Cement Island Ad

अख्यितारले मुद्दा दायर गरेका अन्यमा छायाँनाथ रारा नगरपालिकाका इञ्जिनियर महेशसिंह कठायत, असिस्टेन्ट सव–इञ्जिनियर हस्तबहादुर मल्ल, सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष उनबहादुर शाही, सचिव राधिका रावल, कोषाध्यक्ष बिजुली मल्ल छन् । त्यस्तै, सडक निर्माण अनुगमन समितिका सदस्य चक्रबहादुर सावत, सदस्य हजरकला कामी, सोही नगरपालिका वडा नं. ८ का वडाध्यक्ष कर्ण रावल र वडा नं. ७ का तत्कालीन सदस्य पशुपति शाही छन् । 

छायाँनाथ रारा नगरपालिका वडा नं. ७ र ८ स्थित ताल्चा सल्लेरी सडक स्तरोन्नति कार्यमा अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । 

अनुसन्धान हुँदा कामको बढी मूल्यांकन गराई नापी किताब, प्राविधिक बिल र कार्यसम्पन्न प्रतिवेदन तयार गरी २८ लाख ६२ हजार ४५९ रुपैयाँ बढी भुक्तानी गरेको पाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ । दायर गरिएको मुद्दामा उनीहरूसँग २८ लाख ६२ हजार ४५९ रुपैयाँ बिगो दाबी गरिएको छ । 

प्रकाशित मिति: सोमबार, माघ १५, २०८०  १५:५२
प्रतिक्रिया दिनुहोस्