site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मकाउ पठाइदिने भन्दै ठगी गरेको आरोपमा पक्राउ
Sarbottam CementSarbottam Cement

काठमाडौं । वैदेशिक रोजगारीका निम्ति मकाउ पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने काठमाडौंको महाराजगन्जका ५३ वर्षीय पृथ्वीराज सिग्देल हुन् ।

गएको शुक्रबार सिग्देललाई महाराजगन्जबाटै पक्राउ गरिएको नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी गराएको छ । कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार, सिग्देलले मनिराम तिमल्सिनालगायत व्यक्तिलाई रोजगारीका लागि मकाउमा पठाइदिने र त्यसका निम्ति नौ लाख रुपैयाँ लाग्ने भन्दै रकम लिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

तिमल्सिनासँग दुई लाख ७० हजार रुपैयाँ लिएपछि उनी सम्पर्कविहीन भएका थिए । सिग्देलले ठगी गरेको भन्दै तिमल्सिना प्रहरीमा पुगेपछि उनी पक्राउ परेका हुन् ।

थप अनुसन्धानका लागि सिग्देललाई जिल्ला प्रहरी परिसर काठमाडौंमा बुझाइएको एसपी रेग्मीले जानकारी दिए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १४, २०८०  १५:४७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement