site stats
बाह्रखरी :: Baahrakhari
देश
स्वरूप परिवर्तन र ध्वनि प्रदूषण गर्ने मोटरसाइकलको नम्बर टिपाउन ट्राफिक प्रहरीको आग्रह
Argakhachi Cement Island Ad

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले विगत लामो समयदेखि स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने मोटरसाइकल चालकलाई कारबाही गर्दै आएको जनाएको छ । 

ठूलो आवाज निकालेर सहरी क्षेत्रमा ध्वनि प्रदूषण गर्ने मोटरसाइकल चालक कारबाहीमा परेका हुन् । प्रहरीले हल्ला मच्चाउँदै हिँड्ने, ध्वनि प्रदूषण गर्ने, साइलेन्सर पाइपबाट आगोको झिल्का समेत निकाल्ने मोटरसाइकल देखेमा जानकारी दिन पनि सर्वसाधारणमा आग्रह गरेको छ । 

उक्त मोटरसाइकल नम्बर ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ र नेपाल प्रहरीको हटलाइन १०० नम्बर मार्फत टिपाउन ट्राफिक प्रहरीले आग्रह गरेको हो । सूचना दिनेको परिचय गोप्य राखिने जनाइएको छ । 

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  २०:४०
प्रतिक्रिया दिनुहोस्