
काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । बिहीबार नेकपा (एकीकृत समाजवादी) पार्टी कार्यालयबाहिर आफ्नो फोटो खिचेको भन्दै नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीको क्यामेरामा हानेका थिए ।
फोटो खिचिरहेका बेला शम्भु थापाले सुरूमा के प्रयोजनका लागि फोटो खिचेको भनेर सोधेका थिए । लगत्तै उनले कार्कीको क्यामेरामा प्रहार गरेका थिए ।
पत्रकार कार्कीमाथि भएको दुर्व्यवहारप्रति नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
एक विज्ञप्ति जारी गर्दै समितिले भनेको छ, "उनको यो हर्कतलाई हामीले स्वतन्त्र प्रेसमाथिको आक्रमणका रूपमा लिएका छौँ, अझ कानुनकै पेसामा रहेका व्यक्तिबाट यसरी गरिएको अभद्र व्यवहार गैरकानुनी, अक्षम्य र निन्दनीय छ ।" थापाले सार्वजनिक रूपमा माफी माग्नुपर्ने समेत जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।