site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
सिनेमा निर्माण गर्दै प्रशान्त ताम्राकार

काठमाडौं । चलचित्र ‘ऐश्वर्य’बाट खलनायकको रूपमा नेपाली सिनेमा उद्योगमा प्रवेश गरेका कलाकार प्रशान्त ताम्राकार आफैँ निर्माणमा होमिने भएका छन् । उनी स्वयंले चलचित्र निर्माण गर्न लागेका हुन् ।
 
सिनेमा निर्माणका लागि स्क्रिप्टको काम सकिसकेको उनले जानकारी दिए । उनीसहितको टिम मिलेर संयुक्त रूपमा सिनेमा बनाउन लागेको हो । “हाम्रो आफ्नै टिम छ । टिमले मिलेर सिनेमा बनाउन लागेको हो,” प्रशान्त बाह्रखरीसँग भन्छन् । उनका अनुसार रोनी मानन्धरले सिनेमा निर्देशन गर्नेछन् । 

क्राइम थ्रिलर जानरामा निर्माण हुने सिनेमा केही महिनापछि फ्लोरमा जाने उनको भनाइ छ । बक्सअफिस कलेक्सन राम्रो भयो भने आफूसहितको समूहले चलचित्र निर्माणलाई निरन्तरता दिने उनले बताए । 

Dabur Nepal
NIC Asia

एक्सनप्रधान सिनेमा लामो समयदेखि नबन्दा एक्सनको विधामा काम गर्ने धेरै कलाकार तथा फाइटर बेरोजगार र पलायन समेत भएको भन्दै यसलाई कम गर्न आवश्यक रहेको उनको भनाइ छ । “एक्सन सिनेमा नबन्दा धेरै कलाकार पलायन हुनुभयो । कति ट्यालेन्ट आउन चाहेर पनि आउन सकेका छैनन्,” उनी भन्छन्, “यो विधामा काम गर्न सकिने धेरै विषय छन् । बजार छ । तर काम नभएपछि हामी आफैँ मिलेर सिनेमा बनाउन लागेका हौँ ।” 

क्राइम थिलर, एक्सन, युथ क्राइम, क्राइमसँग जोडिएर आउने रियल स्टोरीहरूमा आफूहरूले तयारी गरिरहेको उनले जानकारी दिए । नयाँ पुस्ताले पनि काम पाउनु पर्छ र यो विधा पनि रहिरहनु पर्छ भन्ने आफ्नो मान्यता रहेको प्रशान्त बताउँछन् । आफ्नो कम्पनीले बनाउने सिनेमा हार्डकोर एक्सन मात्रै भने नहुने स्पष्ट पार्छन् । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ८, २०८०  १५:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro