site stats
बाह्रखरी :: Baahrakhari
कला
‘मिरमिरे’मा सिर्जना, ‘किन लाग्छ माया’मा मिस पवी अनुबन्ध

काठमाडौं । चलचित्र ‘मिरमिरे’मा अभिनेत्री सिर्जना निङलेखु अनुबन्धित भएकी छन् । दयाहाङ राई र प्रकाश सपूतपछि ‘मिरमिरे’मा सिर्जनाको प्रवेश भएको हो ।

सिर्जनाले यसअघि ‘कार्साङ’मा मुख्य अभिनेत्रीको भूमिका निर्वाह गरेकी थिइन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“मिरमिरेमा अनुबन्धित हुन पाउँदा खुसी छु । महत्वपूर्ण भूमिकाका लागि अनुबन्धित भएकी छु,” मिरमिरेमा अनुबन्धित भएपछि उनले भनिन् । 

‘मिरमिरे’लाई यम शेर्पाले निर्देशन गर्दैछन् । चलचित्रको निर्देशन सँगै स्टोरी पनि यम शेर्पा स्वयंले लेखेका छन् ।

निमु शेर्पा, छोङ्बा लामा शेर्पा र आङ्छिरिङ शेर्पा निर्माता रहेको ‘मिरमिरे’का सह–निर्मातामा गोविन्द बोहरा, सुदिप कुँवर र ईश्वर श्रेष्ठ छन् । यो चलचित्रको कार्यकारी निर्मातामा आरआर फिल्मसका सञ्चालक समेत रहेका चलचित्र वितरक रोहित कट्टेल रहेका छन् ।

यसैबीच, चलचित्र ‘किन लाग्छ माया’ निर्माण हुने भएको छ । मोनु खड्काको निर्माण र कुवेर तामाङको निर्देशनमा तयार हुन लागेको चलचित्रमा मिस पवी (पवित्रा साकी) अनुबन्ध भएकी छन् । 

यो चलचित्रको छायांको अब केही दिनमै सुरु हुँदै छ । यो चलचित्रमा धिरेन शाक्य, मिस पबी, राजेन्द्र खड्की, मेघ सुवेदी, हिउवाला गौतम, रवि डंगोल, गोपाल ढकाल, निरोज खुलाललगायत  कलाकारहरुको अभिनय रहने छ ।

यो चलचित्रले दाजुभाइको सम्बन्ध, एकअर्काप्रतिको जिम्मेवारी र त्यागको कथा भन्नेछ । 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १५:१८
प्रतिक्रिया दिनुहोस्