site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इरानले ब्यालिस्टिक मिसाइल प्रहार गर्दा इजरायलमा ठूलो क्षति

काठमाडौं । इरानले इजरायलमा प्रहार गरेको पछिल्लो हमलामा नयाँ म्यानुभरेबल ब्यालिस्टिक मिसाइल प्रयोग गरेको बताएको छ ।

इरानको राज्य नियन्त्रित समाचार एजेन्सी फार्सका अनुसार, इजरायलमा आइतबार राति गरिएको हमलामा हाज कासेम गाइडेड ब्यालिस्टिक मिसाइलले प्रहार गरेको सीएनएनले जनाएको हो ।

इरानी रक्षामन्त्री जनरल अजिज नासिरजादेले यो नयाँ मिसाइल अमेरिकी सेनाको टर्मिनल हाई एल्टिच्युड डिफेन्स, प्याट्रियट मिसाइल डिफेन्स र इजरायलले प्रयोग गरेका अन्य रक्षा प्रणालीहरूलाई छल्न सक्षम रहेको मे ४ मा इरानी टीभीलाई बताएका थिए ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

इरानको तस्निम समाचार एजेन्सी अनुसार, इरानले यो मिसाइललाई मे महिनाको सुरुमा सार्वजनिक गरेको थियो। यो सोलिड–फ्युवल मिसाइल हो जसको दायरा १,२०० किलोमिटर सम्म छ र यसमा मिसाइल डिफेन्स प्रणाली छल्न सक्ने म्यानुभरेबल वारहेड लगाइएको छ ।

तस्निमले मे महिनाको सुरुमा प्रकाशित गरेको समाचार रिपोर्टमा यो नयाँ ब्यालिस्टिक मिसाइलमा एड्भान्स्ड नेभिगेशन प्रणाली पनि रहेको र जसले लक्ष्यमा सटीक प्रहार गर्न र इलेक्ट्रोनिक युद्धलाई प्रतिरोध गर्न सक्षम बनाउने बताएको थियो ।

यो मिसाइल कासेम सुलेमानीको नाममा राखिएको हो । उनी इरानी इस्लामिक रिभोल्युशनरी गाड्र्स कप्र्सको विशेष सैन्य इकाई कुद्स फोर्सका पूर्व कमाण्डर थिए । उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो कार्यकालमा इराकमा अमेरिकी हमलामा मारिएको थियो ।

गएराति इजरायलको मध्य क्षेत्र बात याम सहरमा इरानी इरानले म्यानुभरेबल ब्यालिस्टिक मिसाइल प्रहारका कारण चार जनाको मृत्यु भएकोमा जसमा १० वर्षीय एक बालक पनि परेको इजरायलको आपतकालीन् सेवाहरूले जनाएको छ । 

एउटा भवनलाई निशाना बनाएर आक्रमण गरिएपछि अहिले इजरायलको ब्रुकलिन पार्क शहरमा ठूलो आपतकालीन् प्रतिकार्य अभियान चलिरहेको बताइएको छ ।

इजरायलको राष्ट्रिय आपतकालीन सेवा मागेन डेभिड एडमका अनुसार, ६० वर्षीया एक महिला, ८० वर्षीया अर्की महिला र उमेर नखुलेकि एक बालिका पनि यो आक्रमणमा मारिएका छन् । 
 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १३:४०
प्रतिक्रिया दिनुहोस्