site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
रास्वपा नेतृत्वविहीन अवस्थामा देखियो : योगेश भट्टराई
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले संसद्‌भित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वविहीन अवस्थामा देखिएको टिप्पणी गरेका छन् ।

आइतबार (असार १) संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग उनले संसद्‌मा रास्वपा उद्देश्य र गन्तव्यविहीन अवस्थामा बैठक अवरोधमा सामेल भइरहेको टिप्पणी गरे । पार्टी नेतृत्वविहीन भएपछि रास्वपा ‘बादलभित्र उडिरहेको काग’जस्तो देखिएको उनले बताए ।

भट्टराईले भिजिट भिसा प्रकरणमा रास्वपाको मागबमोजिम छानबिनको ‘ग्यारेन्टी’ गर्दा पनि उक्त दल अचानक पछाडि हटेको जिकिर गरे । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १८:०७
प्रतिक्रिया दिनुहोस्