site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
कोसी सरकारले ल्यायो ३५ अर्ब ८७ करोडको बजेट (पूर्णपाठ)

विराटनगर । कोसी प्रदेश सरकारले आउँदो आर्थिक वर्ष २०८२/२०८३ का निम्ति ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट ल्याएको छ । आइतबार (असार १) प्रदेशसभामा कोसीका आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर मगरले बजेट पेस गरेका हुन् ।

कुल विनियोजित बजेटमध्ये चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख अर्थात् ५२ प्रतिशत छ । पुँजीगततर्फ १७ अर्ब १० करोड ६५ लाख अर्थात् ४७.७ र वित्तीय व्यवस्थापनमा १० करोड अर्थात् ०.३ प्रतिशत छ ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यो बजेट चालु आर्थिक वर्षको विनियोजनको तुलनामा १.७ प्रतिशतले बढी छ । संशोधित अनुमानको तुलनामा १२ प्रतिशतले बढी छ । स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ चार अर्ब ७० करोड ७२ लाख रुपैयाँ छ ।

बजेटमा पूर्वाधार विकासतर्फ १० अर्ब ५७ करोड, खानेपानी, सिँचाइ तथा ऊर्जातर्फ चार अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगतर्फ दुई अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ दुई अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिकतर्फ दुई अर्ब पाँच करोड ५५ लाख, स्वास्थ्यतर्फ तीन अर्ब ५१ करोड ७१ लाख, शान्ति सुरक्षाका निम्ति ९६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १६:५३
प्रतिक्रिया दिनुहोस्