site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकता दिन परराष्ट्रमन्त्रीको निर्देशन
फाइल तस्बिर ।

काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले इजरायल र इरानमा रहेका नेपालीको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिएकी छन् । 

इजरायल र कतारका लागि नेपाली राजदूतहरूलाई आइतबार टेलिफोन सम्पर्क गरी आफू प्रमाणीकृत तथा सह–प्रमाणीकृत मुलुकमा रहेका नेपाली नागरिकहरुको सुरक्षालाई उच्च प्राथमिकतामा राख्न उनले निर्देशन दिएकी हुन् । 

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

“इजरायल र इरानबीच पछिल्ला तीन दिनदेखि विकसित घटनाक्रमका सन्दर्भमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले तेल अभिभ र दोहास्थित नेपाली राजदूतहरूलाई टेलिफोन सम्पर्क गरी आफू प्रमाणीकृत तथा सह–प्रमाणीकृत मुलुकमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई उच्च प्राथमिकतामा राखेर काम गर्न, नेपाली समुदायसँग निरन्तर सम्पर्कमा रहन र सम्बन्धित मुलुकले जारी गरेका सुरक्षा सतर्कतासम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा प्रवाह गरी नेपालीहरूलाई निरन्तर सुसूचित गर्न निर्देशन दिनुभएको छ,” परराष्ट्र मन्त्रालयले आइतबार जारी विज्ञप्तिमा भनिएको छ । 

हाल इजरायलमा करिब पाँच हजार ५०० र इरानमा करिब १२ जना नेपाली रहेको तथा उनीहरू सबैजना सुरक्षित रहेको विज्ञप्तिमा उल्लेख छ । “इजरायल र इरानबीच विकसित उक्त घटनाक्रमलाई नेपाल सरकारले नजिकबाट नियालिरहेको र त्यहाँ रहेका नेपालीहरूको हित सुनिश्चित गर्न आवश्यकताअनुसार उपयुक्त कदम चालिने व्यहोरा सम्बन्धित सबैलाई जानकारी गराइन्छ,” परराष्ट्रले विज्ञप्तिमा भनेको छ । 

प्रकाशित मिति: आइतबार, असार १, २०८२  १८:१२
प्रतिक्रिया दिनुहोस्