site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कोसी नाम विवाद : पहिचानवादीले गरे डा. शेखरसँग छलफल, वार्तामा बोलाउने सरकारको तयारी 
Sarbottam CementSarbottam Cement

विराटनगर । कोसी प्रदेश नामकरणविरुद्ध आन्दोलनरत पहिचानवादीले आइतबार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासँग भेटघाट गरेका छन् । शेखरको निमन्त्रणमा विराटनगरस्थित कोइरालानिवास पुगेका पहिचानवादी संघ–संगठनका नेताले भेटघाट गरेका हुन् ।

पहिचानवादीसँगको भेटमा कोइरालाले आफू पहिचानका पक्षमा भएको सन्देश दिएका छन् । उनले ‘माग र मुद्दामा सहमत रहेको’ बताएको एक सहभागीले जानकारी दिए ।

कोइरालाले पहिचानको आन्दोलन जायज भएको भन्दै नामकरण र हक–अधिकारका विषय पनि सँगसँगै लैजानुपर्ने सुझाव दिएका प्रदेश–१ पुनः नामकरण संघर्ष समितिका संयोजक डकेन्द्र सिंह थेगिमले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

भेटमा कोइरालाले ‘कोसी नाम सच्याउन पहल गर्ने’ प्रतिबद्धता जनाएका थिए । यसबारे शीर्ष नेतासँग कुरा गर्ने उनले बताएका छलफलमा सहभागी पहिचानवादी अगुवा अर्जुन जम्नेली राईले जानकारी दिए ।

कोइरालाले यही माघ २ गते मोरङको सुन्दरहरैँचामा आयोजित एक कार्यक्रममा ‘पहिचानवादीको मागको सुनुवाइ हुनुपर्ने’ बताएका थिए ।

Global Ime bank

प्रदेश सरकारको पहल
कोसी प्रदेश सरकारले पहिचान पक्षधरसँग प्रारम्भिक चरणको वार्ता प्रक्रिया थाल्ने तयारी गरेको छ । शनिबार प्रदेश सरकारले वार्ता समिति गठन गरेको थियो ।

वार्ता समितिका संयोजक एवं कोसी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री कमलप्रसाद जवेगुले पहिचान पक्षधरसँग औपचारिक छलफलको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको बताए । “भोलि (सोमबार) बस्ने प्रारम्भिक चरणको बैठकले पहिचान पक्षधरसँग के–कस्ता विषयमा कसरी छलफल गर्ने भन्ने विषय टुंगो लगाउँदै छौँ,” उनले भने, “प्रदेश पुनः नामकरणको विषयलाई संविधानप्रदत्त अधिकारमा अधीनस्थ रहेर ‘सेफ ल्यान्डिङ’ गराउने विषयमा सरकारको जोड रहनेछ ।”

पहिचान पक्षधरको माग कतिसम्म पूरा गर्न सकिन्छ भन्नेबारे कानुनविद्सँग परामर्श लिइने मन्त्री जवेगुले बताए ।

वार्ता समितिका सदस्य एवं पर्यटन, वन तथा वातावरणमन्त्री गणेश उप्रेती ‘सुशील’ले पवित्र उद्देश्यसाथ समिति बनाइएको बताए । सकेसम्म नामकरणको समस्या समाधान गरिने उनको भनाइ छ ।

सरकारले पहिचान पक्षधरलाई पत्राचार गरी वार्ताका निम्ति आह्वानको तयारी गरेको छ ।

गत वर्ष फागुन १७ गते प्रदेशसभाबाट प्रदेशको नाम ‘कोशी’ पारित गरिएसँगै पहिचानवादी आन्दोलनमा छन् । सो नामको पक्षमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रदेशसभा सदस्यले समर्थन गरेका थिए ।

त्यसयता पहिचान पक्षधरले प्रदेश–१ पुनः नामकरण संयुक्त संघर्ष समिति गठन गरी आन्दोलन गरिरहेका छन् । आन्दोलनका क्रममा विराटनगरमा घाइते भएका पदम लिम्बू (लाजेहाङ)को गत वर्ष चैत १० गते उपचारका क्रममा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको थियो । सरकारले उनलाई सहिद घोषणा गरिसकेको छ ।

मुख्यमन्त्रीमा नियुक्त भएसँगै केदार कार्कीले पनि पहिचान पक्षधरको माग र मुद्दा सम्बोधनको प्रयास गरिरहेको बताएका छन् । जनजातिको पहिचान कायम गर्न खुवालुङ, तुवाचुङ, फाल्गुनन्द, आत्मानन्द क्षेत्रको विकासका निम्ति योजनासहित बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

मुख्यमन्त्री कार्कीले भने, “फाल्गुनन्द भाषा संस्कृति संरक्षण प्रतिष्ठान गठन गर्न चालु आर्थिक वर्षको बजेटमा व्यवस्था गरिएको छ । किरात सभ्यतालाई शिरमा राखेर आदिवासी जनजातिको पहिचान कायम गर्दै माग र मुद्दा सम्बोधनका लागि आन्दोलनरत पक्षसँग वार्ता समिति गठन गरेका छौँ ।”

यसअघि, कोसीका मुख्यमन्त्रीसित भेट गरी पहिचानवादीले आफ्ना माग राखेका थिए । पहिचानका पक्षमा किरात याक्थुम चुम्लुङ, आदिवासी जनजाति महासंघ, संयुक्त लोकतान्त्रिक राष्ट्रिय मञ्च, राष्ट्रिय जनमुक्ति पार्टी, पहिचानसहितको प्रदेश नम्बर–१ पुनः नामांकन अभियान समिति, किरात राई यायोख्या, किरात राष्ट्रिय समिति, किरात लिम्बुवान र नेपाल शेर्पा संघले मोर्चाबन्दी गरी आन्दोलन गरिरहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ ७, २०८०  १८:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC