site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वाग्मती प्रदेशसभा बैठक स्थगित

काठमाडौं । वाग्मती प्रदेशसभा बैठक स्थगित भएको छ । मंगलबार साँझ सूचना टाँसेर स्थगित भएको हो । सत्तापक्ष र प्रतिपक्ष दलहरूबीच बजेटमाथिको विवाद टुंगो नलागेका कारण मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभाको बैठक स्थगित भएको हो ।

प्रदेशसभा बैठक सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि स्थगन गरिएको हो ।

आज बसेको प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात दलको बैठकपछिको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबार १ बजेसम्मका लागि बैठक सार्ने निर्णय गरेको प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए ।

सरकारले विगतमा गरेका सहमतिलाई कार्यान्वयनमा ल्याउनुपर्ने अडान राख्दै प्रतिपक्ष दलहरूले बैठक अवरुद्ध गर्ने चेतावनी यसअघि दिँदै आएका थिए । मंगलबार बिनाअवरोध बैठक सञ्चालनका लागि सभामुख पाठकले बिहान ८ बजे सर्वदलीय बैठक आह्वान गरेका थिए । दलहरूबीचको लामो छलफलपश्चात् बेलुकी ७ बजेसम्म पनि सहमति जुट्न नसक्दा बैठक स्थगित भएको हो ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत १९, २०८१  २२:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro