site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
‘चलचित्र क्षेत्रमा नियत नबदलिएसम्म नियति बदलिँदैन’
SkywellSkywell

काठमाडौं । चलचित्र विकास बोर्डले चलचित्र सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदामा सरोकारवालाहरूसँग छलफल गरेको छ । बिहीबार बोर्डमा नेपाली चलचित्र क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधि तथा चलचित्रकर्मीहरूसँग माग र सम्बोधनका विषयमा केन्द्रित रहेर छलफल गरेको हो ।

करिब तीन महिना पहिले बोर्डले आवश्यक राय सुझावका लागि सार्वजनिक गरेको मस्यौदामा लिखित सुझाव माग गर्दै त्यसमा छलफल गरिएको हो । छलफलमा बोर्डका अध्यक्ष भुवन केसीले राष्ट्रिय चलचित्रको हितमा हुने गरी सबैको साझा सहमतिमा चाँडै विधेयक पारित गराउन आफू प्रयासरत रहेको बताए । 

“चलचित्र क्षेत्रका हकहितका मुद्दा नछुटुन् भनेर बोर्डले विधेयकको मस्यौदा सार्वजनिक गरेको थियो । प्रशस्त सुझाव आएका छन् । केही संशोधन र केही थप्नुपर्ने कुराहरू आएका छन्”, केसीले भने, “सञ्चार तथा सूचना प्रविधिमन्त्री सुरुदेखि नै यो विधेयकमा सकारात्मक हुनुहुन्छ । मेरो कार्यकालमा नै यसलाई टुंगो लगाउँछु भनेर बोर्डलाई विश्वास दिलाउनु भएको छ ।”

Dabur Nepal
NIC Asia

बोर्डका सदस्य सचिव तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव विशाल सापकोटाले उत्कृष्ट ऐन निर्माणका लागि अझै बहस र छलफल गर्न आवश्यक रहेको बताए । “चलचित्र क्षेत्रलाई अहित हुने कुनै कानुन विधेयकमा नआओस् भनेर हामी निरन्तर छलफलमा थियौँ । सम्बन्धित तप्का सन्तुष्ट नभई विधेयक आउन हुँदैन भनेर छलफल गरिरहेका छौँ”, सापकोटाले भने । 

संसदमा दफावार छलफल हुने बेलामा समेत सतर्क हुन आवश्यक रहेको उनले बताए । 

बोर्ड प्रवक्ता तथा सदस्य केएल बुढाथोकीले अब बन्ने ऐनले पछिल्लो पुस्तालाई समेट्नु पर्ने बताए । मौलिकताहरूमाथि भएका हस्तक्षेप र प्रविधिको नवीनतम पक्षमा बोर्ड कस्तो आकारमा रहने भन्ने सुझाव चाहेको उनको भनाइ छ ।

छलफलमा सहभागीहरूले स्वायत्ततासँगै बोर्डको भूमिका शासक नभई सेवक हुनुपर्ने जिकिर गरे । बोर्डले प्रशासनिक नभई नेपाली चलचित्रको विकासमा आधारित काम मात्रै गर्नुपर्ने छलफलमा सहभागीहरूले बताए । 

निर्माण, वितरण र प्रदर्शन मात्र नभई समग्र चलचित्र क्षेत्र नै समेट्ने गरी ऐन आउनुपर्ने, प्राज्ञिक हुनुपर्ने, बोर्डको संरचना परिवर्तन हुनुपर्ने, बोर्डमा चलचित्र विज्ञहरूको बाहुल्यता हुनुपर्ने सहभागीले बताएका थिए । सदस्य नियुक्तिको विषयमा राजनीतिक नियुक्ति रोकिनुपर्ने, प्रादेशिक रूपमा रिलिज हुने चलचित्रलाई प्रादेशिक रूपमा सेन्सर हुनुपर्ने, विदेशीले नेपालमा चलचित्र बनाउन सक्ने वातावरण बन्नुपर्ने सहभागीको सुझाव थियो । 

विदेशी चलचित्र नेपालमा आयात हुँदा यसको सबै काम बोर्डले नै गर्न पाउनुपर्ने, कला र संस्कृतिमा राज्यको लगानीको स्पष्टतालगायत विषय नेपाली चलचित्र क्षेत्रका सरोकारवाला संघसंस्थाहरूले बताएका छन् । 

चलचित्र निर्माता संघका पूर्वअध्यक्ष आकाश अधिकारीले चलचित्र उद्योगको हितलाई मध्यनजर गरी मस्यौदामा सुझाव राखिएको बताए । 

अभिनेता तथा निर्माता दीपकराज गिरीले ऐनले सबैलाई अपनत्व दिने काम गर्नुपर्ने बताए । कसैको गुनासो रहन नहुनेमा सजग हुनुपर्नेमा उनले जोड दिए । 

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले  विधेयकको मस्यौदा हुबहु पारित भए नेपाली चलचित्रको हित हुने बताए । उनले सबै सरोकारवालाहरूको माग संशोधित मस्यौदालाई नै मन्त्रालय पठाउनु पर्ने बताए । 

चलचित्र निर्माता तथा कलाकार रवीन्द्र सिंह बानियाँले नियत नबदलिएसम्म नियति नबदलिने स्पष्ट पारे । चलचित्र प्रदर्शनमा गुणस्तरको भ्रष्टाचार र चलचित्र निर्माणमा निषेधवाला कानुन हुन नहुनेमा जोड दिए । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ५, २०८०  १२:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu