site stats
बाह्रखरी :: Baahrakhari
देश
धादिङ र कपिलवस्तुमा भरुवा बन्दुक बरामद
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । धादिङ र कपिलवस्तुमा एकनाले भरुवा बन्दुक बरामद गरिएको छ ।  

धादिङको गजुरी गाउँपालिका–४, अर्चले बस्ने ५६ वर्षीय धनबहादुर प्रजालाई भरुवा बन्दुकसहित पक्राउ गरिएको छ । उनको साथबाट दुई थान बन्दुक बरामद गरी बुधबार राति पक्राउ गरिएको हो ।  

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

प्रजाको घरमा भरूवा बन्दुक रहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लोड अवस्थामा रहेको उक्त बन्दुक फेला पारेको हो । 

त्यस्तै, कपिलवस्तुको वाणगंगा नगरपालिका–७, धैरेनिडाँडास्थित बाँसको झाडी नजिकैबाट लोड अवस्थामा रहेको एक नाल भरुवा बन्दुक बरामद गरिएको छ ।

बुधबार साँझ इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले गस्ती गर्ने क्रममा बेवारिसे अवस्थामा रहेको उक्त बन्दुक फेला पारी बरामद गरिएको जनाइएको छ । 
 

प्रकाशित मिति: बिहीबार, माघ ४, २०८०  १३:२७
प्रतिक्रिया दिनुहोस्